उहाँले प्रमोद बाबु भन्दा मलाई सानो बेलाको याद आउँछ:गायक प्रमोद खरेल।

0
1362

चैत २६ काठमाण्डौ| नेपाली संगीत क्षेत्रका जल्दाबल्दा गायक हुन् प्रमोद खरेल । एकपछि अर्को हिट गीत दिँदै आएका उनले स्वदेश एवं विदेशका सयौं स्टेजमा गाइसकेका छन् ।
प्रमोदले गीत गाउन थालेको एसएलसी पास भएपछि मात्र हो । पढाईमा निकै तेज उनले एसएलसीमा जिल्ला टप गरेका थिए । स्कुल पढ्दा कहिल्यै गीत गाएनन्, मात्रै अरुले गाएको सुने ।उनका बा आमा दुबै शिक्षक हुन् । बाले पढाउने स्कुल घरभन्दा केही पर थियो भने आमाले पढाउने घर नजिकै । उनी आमासँगै स्कुल जान्थे र आमासँगै फर्किन्थे । भन्छन्, ‘बाबा स्कुल पढाउनुको साथै बिजनेस पनि गर्नुहुन्थ्यो । उहाँसँग थोरै भेट हुन्थ्यो । म बाल्यकालमा आमासँगै बढि नजिक भएँ ।’आमाका निकै आज्ञाकारी छोरा थिए प्रमोद । आमाले किचनमा काम गर्दा उनी किताब बोकेर आमाकै छेउमा पुग्थे । स्कुलमा पनि ज्ञानी विद्यार्थी थिए । चकचक गर्दैनथे । कहिल्यै कुनै शिक्षकवाट सजाय भोग्नु परेन ।
मलाई चकचक गर्नै आएन,’ प्रमोदले भने ।
घरमा उनलाई ‘प्रमोद बाबु’ भनेर बोलाउँथे सबैले । स्कुलमा पनि त्यही नाम थियो । जब कक्षा ६ मा पुगे, उनलाई नामको पछाडी बाबु शब्द मन परेन । कक्षा ६ मा पढ्दा हाजीरी गराउने शिक्षकलाई भने, ‘सर, मेरो नामको पछाडीको बाबु काट्दिनुस् न ।’ शिक्षकले सरक्क नाम काटिदिए । त्यसपछि उनी प्रमोद मात्रै भए ।संगीतकार सुरेश अधिकारीले अहिले पनि उनलाई बोलाउँदा प्रमोद बाबुु भन्छन् । प्रमोदलाई कसैले ‘बाबु’ भन्दा सुनेपछि स्कुलको याद आउँछ ।
सुरेश दाईले सानोमा मेरो नामको पछाडि बाबु थियो भन्ने त पक्कै थाहा पाउनु भएको होइन, तर उहाँले प्रमोद बाबु भन्दा मलाई सानो बेलाको याद आउँछ,’ उनी भन्छन् ।पढ्नमा असाध्यै जाँगरिला थिए । आमाले कहिल्यै होमवर्क गर भन्नुपरेन । बाबा आमा दुबै शिक्षक भएकाले आर्थिक अभाव महसुस भएन । कामको दवाव पनि थिएन । तर, रहरले उनी छिमेकीहरुसँग दाउरा लिन जंगलमा जान्थे । कहिलेकाहीँ छिमेकीसँगै गोठालो पनि जान्थे । खेत रोपेको पनि अनुभव छ ।प्रमोद भन्छन् ‘काम गर्नैपर्ने दवाव थिएन तर, गाउँघरमा गरिने सबै काम गरेको छु ।’
उनको स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । गीत संगीतका धेरै कार्यक्रम हुन्थे । तर, कहिल्यै सहभागी भएनन् । उनको दिमागमा ठूलो भएपछि डाक्टर बन्नुपर्छ भन्ने परेको थियो । त्यसकारण संगीतमा ध्यानै दिएनन् । नगाए पनि रुची भने अत्यधिक थियो संगीतप्रति । नारायण गोपालको फ्यान प्रमोद भारतका मोहम्मद रफी, किशोर कुमार, कुमार सानुलगायतका गीत सुन्थे । उनको घर भारतको बोर्डर साइड (झापा)मा भएकाले पनि हिन्दी गीतको बढि प्रभाव थियो । घरमा रेडियो थियो तर, रेडियोमा सबै समय गीत आउदैन थियो । त्यस्तो अवस्थामा बजारवाट क्यासेटको चक्का किनेर ल्याएर सुन्थे ।नको मामाघर सिक्किम । मामाघर पुग्न पुरै एक दिन लाग्थ्यो । ठुलै साइत नजुराई मामा घर जान सम्भव थिएन । दुई-तीन वर्ष बिराएर दसैंमा पुग्थे । परिक्षा सकिएपछि एक महिना छुट्टी हुन्थ्यो । त्यो वेलामा आफन्तकोमा जाने चलन थियो ।
फेसनको मामलामा पनि उनी निकै सिधा थिए । मलाई यो चाहियो कहिल्यै भनेनन् । घरमा बा-आमाले जे ल्याइदिन्थे त्यहि लगाउँथे । प्राय नयाँ लुगा दसैं र परिक्षा सकिएको बेला किन्ने चलन थियो । जुत्ता जरुरी थिएन । चप्पलमै चलेको थियो स्कुले जिन्दगी ।
साइकलका सौखिन थिए । एक दिन बाले सोधे, ‘साइकल किनिदिउँ ?’ प्रमोद आफैंले सर्त राखे ‘आठ कक्षामा स्कुल टप गरेँ भने किन्दिनु ।’ नभन्दै आठ कक्षा स्कुल टप गरे । अनि बाबाले साइकल किनिदिए ।७ कक्षासम्म आमाले पढाउने स्कुल पढेका प्रमोद ८ कक्षापछि भने बाबाले पढाउने स्कुलमा भर्ना भए । एसएलसीमा जिल्ला टप गरे । उनले सोचे अब डाक्टर बन्नुपर्छ । एडभान्स कोर्स गर्नका लागि काठमाडौ आए । एमबीबीएसको परिक्षा पनि दिए तर, नाम निस्केन । त्यही बेला काठमाडौंमा एफएमको बाढी सुरु भएको थियो । प्राय सबै एफएमले गीत संगीतलाई उच्च प्राथमिकता दिन्थे । काठमाडौ आएको दुई वर्षमा उनी यसरी संगीतमा भिजे, डाक्टर बन्न काठमाडौ आएको केटो कुशल गायकको रुपमा स्थापित भयो । स्रोत(अनलाइन खबर बाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here