एउटा दुखदायी दुर्घटनामा आफ्नो दुवै हात गुमाएकी गायिका “रुपा रौतार”को मार्मिक गीतको भिडियो |

0
863

भाद्र २२ काठमाण्डौ |एउटा दुखदायी दुर्घटनामा आफ्नो दुवै हात गुमाएकी गायिका ” रुपा रौतार” को वास्तविक जीवनको चित्रण गर्ने म्युजिक भिडियो यहाहरु माझ ल्याएको छ | गायिका रुपा रौतार बिगत ५,७ बर्ष बाट बुटवलको बागेश्वरीको संगीतालयमा गुरु सुरेश सेन्चुरी संग संगीत सिक्दै आएकी छन् |

केहि समय अघि उनको गीति एल्बम (हिम्मत भाकी छोरि) काठमाण्डौमा बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य ,संगीतकार राजु सिंह ,संगीतकार सुरेश सेन्चुरी,गीतकार तेज प्रसाद पाण्डे तथा मिडियाकर्मी बीच बिमोचन सम्पन्न भएको थियो |

उक्त कार्यक्रममा उनको एल्बमको (लेख्दै छु मआज) बोलको गीतको भिडियो पनि प्रस्तुत गरिएको थियो उक्त गीत सुनेर भिडियो हेरेर न रुने कोइ थिएनन | उक्त गीतमा सरला’ गाहा,को शब्द, संगीत तथा संगीत सम्पादन सुरेश सेन्चुरी , निर्देशन एम पुन . छायांकन प्रविन खड्का , तथा भिडियो सम्पादन प्रेम नेपाली’को रहेको थियो | उक्त गीतमा बिष्णु श्रेष्ठ र टि बी श्रेष्ट”को लगानी रहेको छ |

गायिका रुपा रौतार’ले आफुलाई सहयोग गर्नुहुने सबैलाई
धन्यबाद दीइन साथै उनलाई सहयोग गर्ने बिकाश अग्रवाल लाइ पनि बिशेष धन्याबाद दीइन | उक्त गीतको भिडियोलाई Post Production – बागेश्वरी संगीतालयले गरेको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here