एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य

0
257

शुक्रबारदेखि लगातार उकालो चढिरहेको सुन आज ह्वात्तै घटेको छ । मंगलबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले घटेको हो । सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार ९४ हजार ८ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै सोमबार ९७ हजार ७ सय रुपैयाँ कायम भएको तेजावी सुन मंगलबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यका साथै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ७० रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here