एक बृद्धाले यौन प्रस्ताव अस्वीकार गरेपछि बृद्धाको हत्या |

0
411

साउन ८ काठमाण्डौ | यौन प्रस्ताव अस्वीकार गरेपछि चन्द्रकोट गाउँपालिका(४ शान्तिपुर, डाँडा वनका ४२ वर्षीय गोकुल सार्कीले सोही ठाउँकी एक बृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० अनुरागकुमार द्धिबेदीले बताए ।

यही साउन ४ गते साँझ ७ वजे मदिराको मातमा गोकुलले बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार भएपछि बृद्धालाई मुक्का प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक द्धिबेदीको भनाइ छ ।

प्रहरी नियन्त्रणमा रहेका गोकुलले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि कन्चट र छातीमा मुक्का प्रहार गरी बृद्धाको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

घटनाबारे थप अनुसन्धान प्रकृया अगाडि बढाइएको एसपी द्धिवेद्धीले जानकारी दिए । मृतक बृद्धाका ३ छोरी र १ छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here