मङ्सिर २६ काठमाण्डौ | दुई हप्ताअघि काठमाडौंको बानेश्वरस्थित मुक्तिनाथ विकास बैंक शाखाको एटिएम तोडफोड भएको घटनामा संलग्न आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
सिसी टिभीको फुटेजमा देखिएको हुलियाका आधारमा प्रहरीले सिरहाको सुखीपुर नगरपालिका-६ घर भई हाल काठमाडौं-३१ स्थित देउराली क्बलमा बस्ने १८ वर्षीय किशोर यादवलाई पक्राउ गरेकाे हाे।
घटनापछि प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्दा पैसा चोर्ने उद्देश्यले यादवले एटिएम तोडफोड गरेको खुल्न आएकाले उनलाई मंसिर २४ गते साँझ पक्राउ गरिएको बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले जनाएको छ। स्रोत नेपालखबर |
एटिएम फोड्नका लागि यादवले बायाँ खुट्टातर्फ पाइन्टमा लुकाएर बोकेको फलामको रड पनि बरामद भएको प्रहरीको दाबी छ। चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यही मंसिर ११ गते राति १ बजे मुक्तिनाथ विकास बैंकको भवनमा रहेको एटिएम तोडपफोड भएको थियो।