एपीवान टेलिभिजनमा डानसिङ रियालिटी शो बुगीवुगी सुरु ।

0
674

चैत १६ काठमाण्डौ। एपीवान टेलिभिजन बाट चर्चित अन्तर्राष्ट्रिय डान्सिङ टीभी रियालिटी शो बुगीवुगी सुरु भएको छ। सोलाई एपीवान टेलिभिजनले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमै पहिलो पटक नेपालमा संचालनमा ल्याएको हो। शोका निर्णायक मा नायक दिलीप रायमाझी, नायिका प्रिंयका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका छन्।दिलीप रायमाझी नेपाली फिल्म इन्डस्ट्रीको एक चर्चित नाम हो। उनी अभिनीत ‘आफ्नो मान्छे’ र ‘दर्पणछाँया’लाई दर्शकले अत्यधिक रुचाएका थिए। दर्जनौँ फिल्ममा काम गरेका रायमाझी नृत्यकलामा पोख्त मानिन्छन्। प्रियंका कार्की नेपाली मोडल तथा अभिनेत्री हुन्। ‘थ्री लभर्स’ बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी उनी अहिलेकी चर्चित नायिका को परिचयले स्थापित छिन ।
उनले थुप्रै फिल्ममा अभिनय गरेकी छिन्। कोरियोग्राफर कविराज गहतराजले पछिल्लो समयका नेपाली फिल्मका अत्यधिक गीतमा कोरियोग्राफी गरेका छन्। उनले नृत्य निर्देशन गरेका थुप्रै फिल्मका गीत हिट छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here