एमाले सचिब योगेश भटराईले छानबिनको माग गरे !

0
1282

माघ १४ आइतबार काठमाण्डौ !
नेकपा एमालेका सचिव तथा प्रचार प्रसारक विभागका प्रमुख योगेश भटराईले राष्ट्रिय सभामा एमालेको उम्मेद्वारी खारेजीको बिषयमा छानविन गर्न माग गरेका छन् ! प्रदेश नम्बर ४ बाट अपाङ्गता तथा अल्पसंख्यक समुहमा उम्मेद्वारी दिएका राम बहादुर थापाको उम्मेदवारी निर्वाचन आयोगले खारेज भएपछि सचिव भटराईले पार्टी भित्र छानविनको माग गरेका हुन् ! उनले कुन निकाय र कसको लापरवाहिको कारण खोजि गरि जिम्मेवारी र जवाफदेहिको परिपाटी बसाल्नु पर्ने बताएका छन् ! एमालेका तर्फबाट प्रदेश नम्बर ४ मा राष्ट्रिय सभामा उम्मेदवार राम बहादुर थापाको उम्मेद्वारी खारेज हुनु दुर्भाग्य पूर्ण छ ! कुन निकाय र कसबाट यो लापरवाहि हुनपुग्यो त्यसको खोजि र जिम्मेवारी र जवाफ देहिको परिपाटी बसाल्न सके फेरी यस्ता घटना दोहोरिने थिएन कि ? उनले भने ! नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए ! छानविन पश्चात आयोगले शनिबार थापाको उम्मेद्वारी खारेज गरेको छ ! थापाले २७ असार २०६२ मै अपाङ्गताको परिचय पत्र लिएका थिए ! तर नयाँ निर्देशिका अनुसार नयाँ परिचय पत्र बनाएका रहेन छन् ! उम्मेद्वारी दर्ताको दुई दिन पछि मात्र नयाँ परिचय पत्र बनाएको पाइएपछि निर्वाचन आयोगले उनको उम्मेद्वारी खारेज गरेको हो ! यस संगै कांग्रेस उम्मेदवार पन्थ राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ! थापा सशस्त्र विद्रोहको समयमा नेकपा माओबादिको आक्रमणमा परी अपाङ्ग भएका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here