एसईई परीक्षार्थि छात्राको बलात्कार गरी हत्या !

0
610

चैत १२ काठमाण्डौ ! पंचपुरी नगर पालिका बाबियाचौर केन्द्रमा एसईई परिक्षा दिन सालकोट देखि आएकी छात्रा गौरि रोकायालाई बलात्कार गरी मारेर फालेको अबस्थामा कोठामा उनको शब फेला परेको छ । सुर्यप्रकास उ मा बि सालकोट पलैटे विद्यालयमा अध्ययनरत छात्रा गौरी रोकाय एसईई परिक्षा दिन श्री जीवनज्योति उ मा बि बाबियाचौर विद्यालय नजिक डेरा लिएर बस्दै आएकी थिइन् । गयराति उनकै डेरामा उनको विभत्स हत्या गरियो । हत्या किन र कसरी भयो भन्ने कुराको जानकारी भने प्राप्त भएको छैन । प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जानकारी प्राप्त भएको छ ! घटना कसेरी किन भयो भन्ने कसैलाई थाहा नभएको र आरोपी हरु फरार भएको जानकारी प्राप्त भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here