ओली प्रचण्डबीच भेटवार्ता सम्पन्न , प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो !

0
1230

माघ ७ आईतबार काठमाण्डौ !
वाम गठबन्धनका प्रमुख नेताद्वय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच बसेको निर्णायक छलफल भर्खरै सम्पन्न भएको, छ ! एमाले अध्यक्ष ओली निवास बालकोटमा बैसको दुई नेता बिचको वान टु वान भेट वार्तामा मुख्य गरी तिन वटा बिषयमा गम्भीर छलफल भएको थियो ! पार्टीको सिद्धान्त र संगठनको बारेमा पनि कसरी जाने भन्ने बारेमा पनि उनीहरुबीच सहमति भएको एक नेतालेले जानकारी दिए ! त्यस्तै दुई दलिय कार्य दलले तयार पारेको राष्ट्रिय सभा निर्वाचन सिट वांड फांड , प्रदेश सभा गठन र प्रदेश सरकार गठनमा पद बाँड फांड लगायतका बिषयमा तयार पारेको प्रतिबेदनमा छलफल भएको थियो ! पार्टी एकता सम्बन्धमा सैधान्तिक र बैचारिक र संगठनात्मक ढांचाका बारेमा पनि उनीहरुबीच छल फल भएको हो ! दुई नेताबीच भोलि दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बस्ने निधो भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here