ओली र प्रचण्डबीच यस्तो छ, आशंका !

0
734

पुष १२ बुधबार काठमान्डौ !
वाम गठबन्धनका दुइ शिर्ष नेता एक अर्काको भूमिका प्रति आशंका गर्न थालेका छन् ! एमाले अध्यक्ष केपी ओली र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहिदिन यता प्रत्यक्ष भेटघाट सहितको सम्बाद हुन नसक्दा आशंका र अबिश्वास जन्मिएको समाचार उल्लेख छ ! समाचारमा लेखिएको छ ,गठबन्धन निर्माणकै बेला प्रष्ट चित्र नआईसकेकाले पार्टी एकता पछिको नेतृत्व व्यबस्थापनमा विभिन्न अड्कलबाजी हुँदै आएका थिए, सरकारको नेतृत्व, पार्टी नेतृत्व आलो पालो सरकार लगायत चर्चा चलेका थिए ! दुवै नेताले आफूहरुका लागि व्यक्तिगत पद , प्रतिष्ठा पार्टी एकताभन्दा ठुलो हुन नसक्ने बताउंदै आइरहेका थिए ! २९ मङ्सिर बबर महलको एक निजि निवासमा भएको छलफल बाहेक पार्टी एकताका विषय मा दुई पार्टीका शिर्ष नेता बीच प्रत्यक्ष सम्बाद हुन नसकेपछि अबिश्वास चुलिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here