कञ्चनपुरमा पूजा कार्यक्रम सहभागी हुन आएकाहरुले १६ वर्षकी किशोरीलाइ बलात्कार गरे |

0
599

भाद्र २१ काठमाण्डौ | निर्मलाको बलात्कारपछि हत्या भएको ३७ दिन बित्न नपाउँदै बिहीबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ की अन्दाजी १६ वर्षकी किशोरी बलात्कृत भएकी हुन् । बिहीबार आफ्नै घरमा लगाइएको पूजा कार्यक्रम सहभागी हुन आएकाहरुले किशोरीको बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि शुक्रबार बिहान करीब ३ः३० बजेतिर प्रहरीले किशोरीको उद्दार गरेको थियो ।

रातिको समयमा घरमा आएका चार जनाले किशोरीलाई काम छ भनेर बाहिर लगेको र चार जनामध्ये एक जनाले बलात्कार गरेको किशोरीले प्रहरीलाई बयान दिएकी छिन् । किशोरीले दिएको जानकारी अनुसार दुईको पहिचान भएको र बाँकी दुई जनाको पहिचान हुन बाँकी रहेको कञ्चनपुर प्रहरीका डीएसपी कुबेर कडायतले बताएका छन् । घटनामा संलग्न चारै जना फरार रहेको र खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताएका छन् । किशोरीलाई स्वास्थ्य जाँच गरी इलाका प्रहरी बेलडाँडीमा राखिएको जनाइएको छ । os nepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here