कम्युनिस्ट पार्टी (नेकपा) मा जिल्ला कमिटीहरुको एकतालाई लिएरआन्तरिक विवाद चर्कियो |

0
617

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जिल्ला कमिटीहरुको एकतालाई लिएर आन्तरिक विवाद चर्किएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माधव नेपाल समूहलाई लखेटेको आरोप लागेपछि प्रचण्डसमेत ओलीसँग असन्तुष्ट बनेका छन् ।

माधव नेपाल समूहका एक नेताका अनुसार ओली पक्षले विभिन्न जिल्लामा विपक्षलाई बढार्ने अभियान चलाएको छ । आफ्नो गुटको जिल्ला अध्यक्ष हुने ठाउँमा आफैले लिने र माधव नेपाल पक्षबाट अध्यक्ष हुने ठाउँमा हुन नदिने रणनीति ओली पक्षले अपनाएको गुनासो माधव नेपाल पक्षका नेताहरुको छ । रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल समूह छन् । तत्कालीन एमालेको जिल्ला अधिवेशन हुँदा सहमतिमा शिव सुवेदीलाई अध्यक्ष र पुरुषोतम घिमिरेलाई उपाध्यक्ष बनाइएको थियो । दुई नेताबीच सुवेदी अर्को जिम्मेवारीमा जाँदा घिमिरे अध्यक्ष हुने सहमति भएको थियो ।

सुवेदी बुटवल उपमहानगरको प्रमुख भए । घिमिरे प्रदेश र स्थानीय तहमा गएनन् । तर, अहिले भुसाल निकट घिमिरेलाईै बाइपास गरेर ओली पक्षमा गोपाल भट्टराईलाई अध्यक्षमा प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here