रारा पर्यटन वर्ष २०७५ को प्रवर्धनका लागी भोली बुुधबार कर्णाली पर्यटन प्रवर्धन कार्याक्रम गरिने भएको छ । कर्णाली सम्बृद्धीको आधार,पर्यटन विकास र पुर्वधार भन्ने मुल नाराको साथँ गत बैशाख बाट सुरु भएको कर्णाली रारा पर्यटन बर्ष २०७५ को प्रवर्धनको लागी डोल्पाको फोक्सुन्डो ताल परिसरमा कर्णाली पर्यटन प्रर्वधन कार्यक्रम हुन लागेको हो ।
भोली मंसिर १२ गते फोक्सुन्डो तालको परिसरमा आयोजना गर्न लागीएको कार्यक्रममा उपराष्ट्पती नन्द बहादुर पुन,प्रतिनिधि सभाकी सँसद तथा पुर्व मन्त्री सत्या पहाडी,कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही,कर्णाली प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भन्डारी, उधोग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिँह बुढा लगायतको उपस्थीती रहने उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका सुचना अधिकृत सेर बहादुर थापाले जानकारी दिनु भएको छ । कर्णाली पर्यटन प्रवर्धन कार्यक्रमको आयोजना कर्णाली प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय र शेफोक्सुन्डो गाउँपालीकाको सहआयोजनामा गर्न लागीएको हो । बुधबार डोल्पाको फोक्सुन्डो परिसरमा हुने कर्णाली पर्यटन प्रवर्धन कार्यक्रमको लागी सवै तयारी पुरा भैसकेको र डोल्पा जिल्लाका विभिन्न विशिष्ट व्यक्तीहरु सहीत सुरक्षा कर्मी सँन्चार कर्मीहरु फोक्सुन्डो ताल परिसरमा पुगीसकेका छन ।
लेख बुढा ,डोल्पा