कर्मचारीद्वारा गोकुलेश्वर अस्पताल ओपिडि सेवा बन्द।
कार्तिक १दार्चुला,शैलेशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पतालको ओपिडि सेवा कर्मचारीहरुले बन्द गरेका छन।३महिना देखि तलब नपायको भन्दै कर्मचारीहरुले आकस्मिक सेवा बाहेकका सेवाहरु बहिस्कार गरेका हुन।तर,अस्पतालमा आयका बिरामीहरुलाई आकस्मिक कक्षाबाटै सेवा प्रदान गरिरहेको अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डाक्टर सरिता जोसिले बताइन।जोसिले बताउछिन पटक पटक स्थानिय तहमा तलब भत्ताको लागि पत्राचार गर्दा कहिल्यै पाउने भन्ने जानकारी नहुदा बाध्य भयर ओपिडि सेवा बन्द गर्नुपरेको हो।अस्पतालका कर्मचारीहरुको तलब भत्ता नगरपालिका मार्फत आउने भयपछि पटक पटक नगरपालिकालाइ पत्राचार गरियको तर तर कहिल्यै सम्म नपायको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर बिष्टले बताए।यता शैलेशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामिले स्वास्थ्य बिभागले अस्पतालका कर्मचारीहरुलाई तलब भत्ता खुवाउन पत्रचार गरेको तर रकम निकाशि नगरिदियको समस्या बतायका छन।