कलाकार धुर्मुस र सुन्तलीलाई सम्मान !

0
525

चैत ७ काठमाण्डौ ! कलाकार सिताराम कट्टेल उर्फ ‘धुर्मुस्’ र कुञ्जना घिमिरे उर्फ ‘सुन्तली’लाई गत बिहिबार सम्मान गरेको हो ।फिल्मीखवर साप्ताहिकले आफ्नो प्रकाशनको ८ वर्ष पुरा गरेर ९ वर्ष प्रारम्भ भएको अवसरमा एक कार्यक्रम बिच धुमुर्स–सुन्तिलीलाई सम्मानित गरेको थियो । चलचित्र फाटको साप्ताहिक पत्रिका ‘फिल्मीखबर वर्ष व्यक्ति’को रूपमा सम्मान गरेको हो । कलाकार मात्र नभई समाजसेबी, सामजिक अभियन्ता समेत रहेका सिताराम र कुन्जनालाई फिल्मिखबरले उच्च मुल्यांकनका साथ सम्मान गरेको हो ।
सामाजिक कार्य संगै केहि हदसम्म कलाकारितालाई पनि अगाडी बढाई रहेका सिताराम र कुन्जनाले फिल्मीखबर साप्ताहिकलाई धन्यवाद प्रकट गर्दै, अझ काम गर्नमा थप उर्जा मिलेको बताएका थिए । कार्यक्रममा आज बिहिबार शुभ जन्मदिन परेका बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले उनीहरुलाई उक्त सम्मान प्रदान गरेका थिए । कार्यक्रममा फिल्मीखबर साप्ताहिकका सम्पादक तथा कार्यक्रमका सभापति शान्तिप्रियले आउने दिनमा अझ सबैको साथको उच्च मुल्यांकन गर्दै निश्पक्ष, निडर र निरन्तर रहेर काम गर्ने बताएका थिए । कार्यक्रममा विभिन्न चलचित्रकर्मी बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here