कांग्रेस बैठकलाई रोकेर शितल निवास पुगे देउवा !

0
1239

पुष १४ शुक्रबार काठमाण्डौ !
नेपाली कांग्रेसका सभापति एबम प्रधानमन्त्रि शेरबहादुर देउवा कार्य सम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ! राष्ट्रपति संग परामर्श गरेर उनि पुन ;बैठकमै फर्किए ! राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यादेश गठन सम्बन्धमा परामर्श गर्न बोलाएकाले सभापति देउवा शितल निवास गएको कांग्रेस नेता डा. प्रकाश सरण महतले जानकारी दिए ! राष्ट्रपति भन्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष केपी ओलीसंग पनि परामर्श गरेकी थिइन् ! ओलीसंगको भेटवार्ता सकिए लगत्तै उनले प्रधानमन्त्री देउवालाई शितल निवासमा बोलाएकी थिइन् ! सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सत्ता बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्ष नेता नेकपा एमालेले माग गर्दै आएको छ ! तर कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश संबैधानिक राष्ट्रपतिले स्वीकृत गर्ने संबैधानिक जिम्मेवारी भएको तर्क गर्दै आएको छ ! कांग्रेस नेता डा . महतले राष्ट्रपति भण्डारीले जस्ताको तस्तै अध्यादेश प्रमाणीकरण गर्ने बिश्वास ब्यक्त गरे ! उनले समानुपातिक साम्साद्को सुची पनि चांडै तयार परेर निर्वाचन आयोगमा पेश गर्ने बताए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here