कांग्रेस संसदीय दलको नेतामा बानियाँ : प्रदेश नं ३ बाट !

0
1232

माघ २५ बिहिबार काठमान्डौ !
नेपालि कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलको नेतामा इन्द्र बानियाँ चयन भएका छन् ! बिहिबार काठमाण्डौमा बसेको बैठकले बानियाँलाइ सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ! दलको नेता बन्न बानियाँसंगै पुर्व केन्द्रिय सदस्य डा. राजाराम कार्की पनि दावेदार थिए ! तर पार्टी पदाधिकारी बैठकबाट संसदीय दल गठनकाका लागि जिम्मेवारी पाएकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्यायको उपस्थितिमा बसेको बैठकले बानियाँलाइ संसदीय दलको नेता चयन गरेको छ !बानियाँले कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए ! पार्टीले प्रदेशको संसदीय दलसम्बन्धी विधान पास गरेपछि थप कार्य विभाजन हुने बानियाँले बताए ! पुर्व गृहराज्यमन्त्रि एबम मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश २ बाट विजयी प्रदेशसभा सदस्य हुन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here