काठमाडौंको टुँडिखेलमा तमु ल्होसार यसरि मनाईयो |

0
722

पुस १५, काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज काठमाडैंसहित देशभर ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।

तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरे । बसन्तपुर क्षेत्रबाट झाँकीसहित र्‍याली निकालेर टुँडिखेलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गुरूङ समुदायले पहिचान झल्किने भेषभुषामा उपस्थित भएका छन् । उनीहरूले नाङ्लो, स्याखु, मकैको घोगासहितको डोको, ठेकी, हातले बुनेको झोलाको समेत प्रदशर्न गरेका छन् । गुरूङ समुदायले सार्वजनिक विदाको मागसमेत गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।onlinekhabar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here