काठमाडौंको ठमेलमा रहेका केहि रेस्टुरेन्ट/ डान्सबारबाट ३५ बालबालिकाको उद्धार : रेस्टुरेन्टका मालिकहरु पक्राउ ।

0
830

कार्तिक २८ काठमाण्डौ | प्रहरीको ‘स्टिङ अपरेसन’अन्तर्गत १८ वर्षभन्दा कम उमेरका ती बालबालिकाहरूलाई उद्धार गरिएको हो। ठमेलका युनिक डान्सबार र बेबो डान्सबारबाट गरी ३५ बालबालिकाको उद्धार गरिएको लैनचौरस्थित महानगरीय प्रहरी वृत्तका डिएसपी गौतमकुमार केसीले नेपालखबरलाई जानकारी दिए।
जसमा १२ देखि १५ वर्ष सम्मका २७ बालिका र ८ बालक रहेको उनले बताए। दुई हप्तादेखि चलिरहेको अपरेसनअन्तर्गत मंगलबार सम्ममा उद्धार गरिएका ती बालबालिकाहरूलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी केसीले जानकारी दिए।

ती बालिलकामध्ये कतिपय काठमाडौंमै अभिभावक भएका तथा कतिपय छिमिकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे धादिङ, नुवाकोट लगायत जिल्लाका छन्। ‘बालबालिका ऐन २०७५ आएपछिको यो पहिलो कारबाही हो,’ उनले भने, ‘यो अभियान निरन्तर जारी रहनेछ।’

उक्त ऐनअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई रेस्टुरेन्ट वा डान्सबारमा प्रवेश एवं काममा लगाउन पाइँदैन। ‘उक्त ऐनविपरित उनीहरूलाई डान्सर, वेटर तथा विकृतिमा लगाइएको अवस्थामा हामीले उद्धार गरेका हौं,’ डिएसपी केसीले भने,‘यस अवधिमा हामीले तीन सञ्चालकलाई पक्राउ पनि गरेका छौं।’

तत्काल कार्यालय बाहिर रहेकाले पक्राउ परेका सञ्चालकको नाम दिन नसकिएको बताउँदै उनले भने, ‘उनीहरूलाई बालबालिका ऐन २०७५ अनुसार अपराधको प्रकृतिअनुसार एक वर्ष कैदसम्मको कारबाही हुन सक्छ।’ तर उद्धार गरिएका बालबालिकालाई भने १८ वर्षभन्दा कम उमेरका भएकाले कारबाही नहुने उनले बताए। ‘उनीहरूलाई सम्झाइ–बुझाइ गरेर अभिभावको जिम्मा लगाउँछौं। स्रोत नेपाल खबर डट कम |’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here