काठमाडौं सतुंगलको आल्मुनियम तथा केमिकल फ्याक्ट्रीमा आगलागी |

0
576

पुष २० काठमान्डौ | काठमाडौं सतुंगलमा बिहीबार साँझ सुरु भएको आगलागी नियन्त्रण गर्न प्रहरी, सेना तथा स्थानीय बासिन्दालाई शुक्रबार बिहानसम्मै लाग्यो।
त्यहाँ रहेका कपास गोदाम र आल्मुनियम तथा केमिकल फ्याक्ट्रीमा साँझ साढे ७ बजे सुरु भएको आगलागी बिहान साढे ३ बजेतिर मात्र नियन्त्रणमा आयो।

काठामडौं महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार उपत्यकामा फोमवाला दमकल नभएका कारण आगलागी नियन्त्रणमा लिन कठिन भएको हो।

उनका अनुसार आल्मुनियम तथा केमिकलमा भएको आगलागी पानीको भरमा नियन्त्रणमा लिन कठिन हुन्छ।

त्यसका लागि विशेष पदार्थ फ्याँक्ने फमवाल दमलको आवश्यकता पर्छ। जुन काठमाडौं महानगरपालिकासँग एउटा मात्र छ। त्यो पनि क्षमताविहीन।

‘प्रहरीले रातभरि पानी छ्यापेको भरमा बल्लबल्ल आगो नियन्त्रणमा आयो,’ डिएसपी बोगटीले नेपालखबरसँग भने, ‘उपत्यका यस्ता(आल्मुनियम/केमिकल) आगलागीको खतरामा छ किनकि यस्ता किसिमका आगलागी सामान्य दमकलका पानी निभाउन सकिन्न।’

फोमवाल दमकल पर्याप्त नभएका कारण काठमाडौं आल्मुनियम वा केमिकलमा आगलागीको खतरामा रहेको उनको भनाइ छ।
६ करोड क्षति भएकाे प्रारम्भिक अनुमान
काठमाडौंको सतुंगलस्थित आल्मुनियम र केमिकल कारखाना तथा कपास गोदाममा बिहीबार साँझ भीषण आगलागी हुँदा करिब ६ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

एसपी बोगटीका अनुसार आनन्द रुम्बाटार र श्याम रुम्बाटारको आनन्द ट्रेड कन्सन चन्दा कुमार साहको कपास गोदाम जलेर नष्ट भएका हुन्।

‘क्षतिको एकिन विवरण संकलन गर्न बाँकी छ,’ उनले भने, ‘कम्तीमा ५/६ करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।’ मानवीय क्षति भने भएको छैन।
डिएपी बोगटीका अनुसार आगलागी नियन्त्रणमा आठवटा दमकल तथा १ सय ५० नेपाल प्रहरी, ६० जना नेपाली सेना, ६० नै जना सशस्त्र प्रहरी तथा त्यति नै संख्यामा स्थानीय बासिन्दा खटिएका थिए।

विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आए पनि अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताए। nepalkhabar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here