काठमाडौको होटेलमा एक व्यक्ति मृत टिए।

0
486

कार्तिक ८ काठमाण्डौ | बुधबार अछाम मंगलसेन नगरपालिका–५ का ६४ वर्षीय रुपबहादुर शाह काठमाडौं महानगरपालिका–१६ सोहृखुट्टेस्थित होटल कालिकाको शौचालयमा मृत भेटिएका हुन्।

गत बुधबारदेखि होटेलमा बस्दै आएका उनी बुधबार होटेलको शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ। उनको मृत्यु के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै बुधबार नै कास्की पोखरा महानगरपालिका(१७ पावर हाउसस्थित नहरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

अन्दाजी ३५ वर्षका ती पुरुषको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here