(कान्छी)ले दर्शकको मन जित्ने श्वेताको दावी !

0
1215

माघ २९ सोमबार काठमाण्डौ !
फाल्गुन ४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र (कान्छी)को प्रचार प्रसारका लागि यसकी नायिका श्वेता खड्का मोफसल दौडमा छिन् ! नायक दयाहाङ राइको साथमा चलचित्रको दौडमा छिन् ! नायक दयाहाङ राइको साथमा चलचित्रको प्रचाका लागि मोफसल पुगेकी नायिका खड्काले चितवनका पत्रकारसंग भलाकुसारी गरिन ! उनले घर परिवारबाट आफुलाई बिहेका लागि कुनै दवाब समेत नभएको बताइन ! श्वेताले भनिन ,समाजमा एकल महिला भएपछि कताकता केहि यस्ता चर्चाहरु चल्ने गरेता पनि त्यसलाई स्वाभाविक रुपमा लिएकी छु ! चलचित्र (कान्छी) चलाउनका लागि मलाइ कुनै स्क्यानडल आवश्यकता नभएको श्वेताले बताइन ! श्वेताले चितवनको भरतपुरमा (कान्छी) चलचित्र बारे गरिएको पत्रकार सम्मेलनमा भनिन ,म यस्ता कुरामा विश्वास राख्दिन ! काम र मिहिनेतमा विश्वास राख्छु ! चितवनमा आफ्नो चलचित्रले ५१ दिन मनाएको हेर्न मन लागेको श्वेताले बताइन ! उनले चितवनलाई आफ्नो माइतिघर समेत भएको बताइन !
चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीकि धर्म पत्नी ज्ञानु रेग्मीलाई बायाँ र चलचित्रका नायक दयाहाङ राईलाई दायाँ राखेकी नायिका स्वेताले सबैको साथ् र मायाँ पाएरनै चलचित्र क्षेत्रमा फर्किएको बताइन ! शिव रेग्मी चितवन र श्री कृष्ण श्रेष्ठ भएकै कारण चलचित्र क्षेत्रमा आएको श्वेताको भनाइ छ ! चलचित्र क्षेत्रमा यहाँहरु सबैको मायालेनै कम ब्याक गरेकी छु ! फेरी आउँछु जस्तो पनि लागेको थिएँन, स्वेताले भनिन ! कान्छीमा पहिलो दिन देखिनै मिहिनेत गरेकी छु ! चलचित्र निर्माणमा कुनै सम्झौता नगरेको पनि बताइन श्वेताले
!
आकाश अधिकारीको निर्देशन रहेको चलचित्र (कान्छी)मा स्वेता खड्का दयाहान राइ ,अशान्त शर्मा ,अनु शाह ,कमलेश्वर चौरासिया ,निर शाह , भूमिका श्रेष्ठ ,प्रज्वल गिरी लगायतका कलाकारको भूमिका रहेको छ स्वेताले भनिन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here