कान्तिपुर टेलिभिजनले प्रसारण गर्न नदिने कार्टुन क्रुजको ( ट्वान्टी फस्ट लभ )

0
1333

चैत २ काठमाण्डौ ! केही समय अघिबाट सुरु भएको नयाँ सिरिज ‘ट्वान्टी फस्ट लभ’ प्रसारण गर्न कान्तिपुर टेलिभिजनले नदिने भएको छ ! । चर्चित नृत्य समूह कार्टुन् क्रुज्का सरोज अधिकारी, आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको सिरिज मार्च १ बाट कान्तिपुर टेलिभिजनमा प्रसारणमा गरीएको थियो । पहिलो श्रृंखला प्रसारण भए पनि दोस्रो श्रृंखलाको प्रसारणमा भने रोक लगाएको छ ! कान्तिपुरले प्रसारणमा रोक लगाउनुमा कारण यस्तो छ , सिरिजमा बोलिने शब्द र देखाइएको दृश्यको कारण राष्ट्रिय टेलिभिजनमा देखाउन लायक नभएको भन्दै रोक लगाएको छ । बुझिए अनुसार परिवारसँग बसेर हेर्न नहुने र समाजमा नपच्ने खालको शब्द र दृश्यहरू भएको भएको कारण कान्तिपुरले सिरिजनै खारेज गरेको बताइएको छ ।
सरिन पोखरेलको निर्देशन, मिलन शङ्कर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको उक्त सिरिजलाई ईश्वर गुरुङले निर्माण गरेका हुन् । यसबारेमा सिरिज निर्माण टिमबाट भने केही प्रतिक्रिया आएको छैन । यो सिरिज टेलिभिजनमा बन्द भएसँगै युट्युबमा पनि बन्द हुने हो कि होइन त्यो भने केही दिनमा थाहा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here