कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !

0
1202

१७ मङ्सिर काठमाण्डौ < आफ्नै हात जगन्नाथ अर्थात अधिकार भएपछि जे गरेपनि भयो ! त्यस्तै मौका मिलेको छ !अहिले चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका बिक्रम पाण्डेलाई ! नेपालि कांग्रेसको समेत समर्थनमा उम्मेदवार बनेका प्रतिस्पर्धी हुन् , नेकपा माओबादीका अध्यक्ष पुष्पकमल ! यी दुई उम्मेदवार बिचको भिडन्तलाई निक्कै सोंचका साथ हेरिएको छ ! दुवै उम्मेदवार आफुलाई योग्य साबित गराउनका लागि बिपक्षि माथि कडा प्रहार गर्दै आएका छन् ! कडा प्रहार भन्नाले अन्यथा नबुझ्नुहोला , शाब्दिक काटाक्ष भन्न खोजिएको हो ! अब खास कुरा ,अर्थात् आफ्नै हात जगन्नाथ ! बिक्रम पाण्डे नेता मात्र होइनन , निर्माण व्यवशायी र संचार उद्यमी पनि हुन् ! उनले चितवनको भारतपुरमा कालिका एफएम सफलरुपमा संचालन गरेका छन् ! अहिले चुनाबका बेला उनले आफ्नो एफएममा प्रतिस्पर्धी दाहाल संग सम्बन्धित कुनैपनि समाचार प्रसारणमा बन्देज लगाएका छन् ! राष्ट्रिय नेता मात्र नभई पूर्व प्रधानमंत्री समेत रहेका प्रचण्डका समाचार अन्य मिडियाले खोजि खोजि प्रसारण प्रकाशन गरिरहेका बेला मद्यापश्चिमकै उत्कृष्ट भनिने कालिका एफएम बाट भने प्रचण्डको समाचार बजाइएको छैन ! प्रचण्डका चुनाबी प्रतिस्पर्धी बिक्रम पाण्डेको लगानीमा संचालन भएको उक्त एफएमले एक हप्ता देखि प्रचण्डको समाचार नाबजएको बताएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here