कालिकोटमा अनिश्चितकालिन कर्फ्यु !!

0
1181

पुष ९ आईतबार काठमाण्डौ !
कालिकोटमा पुन; अनिश्चितकालिन कर्फ्यु लगाइएको छ ! बिहान २ घण्टाका लागि हटाइएको भएपनि फेरी अनिश्चितकालिन कर्फ्यु लगाइएको जिल्ला अधिकारि बद्रीनाथ गैह्रेले जानकारी दिए ! प्रहरीको गोलि लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालिकोटमा शुक्रबार देखिनै कर्फ्यु लगाइएको छ ! प्रमुख जिल्ला अधिकारी गोबिन्द गैह्रेका आनुसार स्थिति सामान्य नबने सम्म कर्फ्यु जारि रहने छ ! पिडित पक्षले मृतकलाई शहिद घोषणा उचित क्षतिपूर्ति व्यबस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ! घटनाबारे छानबिन गर्न सरकारले ग्रिह मन्त्रालयका सहसचिव डा मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ ! मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपुर्ति दिने निर्णयसमेत गरेको छ !

छानबिन समितिप्रति असन्तुष्टि !

यसैबीच सरकारले गठन गरेको छानबिन समितिप्रति समेत मृतकका आफन्तहरुले असन्तुष्टि जनाएका छन् ! सरकार पक्षका व्यक्तिहरुलाई मात्रै समेटेर छानबिन समिति बनाइएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ! आफन्त र स्थानीयवासीले छानबिन समितिमा जिल्लाका जनप्रतिनिधिहरुलाई समेत राख्न माग गरेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here