कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता |

0
180

माघ १ काठमाण्डौ | भतरपुर त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९।३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गैँडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

तनहुँतर्फबाट पोडी खेल्दै नवलपुरतर्फको भागमा पुगेका गुरुङ फर्कने क्रममा नदीको छालमा परेर बेपत्ता भएको अर्यालले बताउनुभयो । उनी कान्तिपुर पब्लिकेशनको भरतपुर कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । बेपत्ता गुरुङको सशस्त्र प्रहरीको विपत् व्यवस्थापन केन्द्र कुरिनटार चितवनबाट खटिएको टोलीले खोजी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here