कावासाेतीमा सर्पकाे टाेकाईबाट एक जनाकाे मृत्यु |

0
205

नवलपुर जिल्लाकाे कावासाेतीमा सर्पकाे टाेकाईबाट एक जनाकाे मृत्यु भएकाे छ । कावासाेती १७ गाेछडाटारका ६८ बर्षीय बुद्धिबहादुर थापाकाे सर्पकाे टाेकाईबाट मृत्यु भएकाे हाे ।

आज विहान सर्पले डेसेको उनलाई अबेर उपचारका लागि अस्पताल ल्याएको कारण समयमै उपचार नपाउँदा मृत्यु भएको कालीगण्डकी अस्पतालका डा. छविलाल थापाले बताए।

उनको उपचारको लागि कालीगण्डकी अस्पताल ल्याइएकोमा अस्पतालले बाटोमै मृत्यु भएको जनाएको थियो।
पारिवारिक स्रोतका अनुसार आज विहान सर्पले डसेको आशंका गरेका थापाले विहान नजिकको चिसा पसलमा गएर चिया खाएर फर्किपछि विष लागेजस्तो झमझम भएर सर्पले डसेको जस्तो लागेछ भनेर सुनाएका थिए।
त्यसपछि उनलाई परिवार र आफन्त मिलेर उपचारका लागि अस्पताल ल्याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here