किन गरे ? कांग्रेस नेता खाँडले सचेतक पद अस्विकार !

0
806

चैत ९ काठमाण्डौ ! नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टी संसदीय दलको प्रमुख सचेतक पद अस्वीकार गरेका छन् । उनले पदका लागि आफू योग्य पात्र नभएको बताए । यसअघि मंगलबार मात्रै कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले खाणलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।
गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुन खाण बुटबल पुगेका वेला देउवाले उनलाई टेलिफोनमार्फत सम्पर्क गरेका थिए ।
कुराकानीका क्रममा खाणले प्रमुख सचेतक पदको जिम्मेवारी अरूनै नेतालाई दिन आग्रह गरे पनि देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा (१) बमोजिम खाणलाई नै नियुक्त गरेका थिए ।
खाणलाइ प्रमुख सचेतक नियुक्त गरेको निर्णय गर्नुअघि देउवाले आफूनिकट नेताहरूसँग कसलाई जिम्मेवारी दिने भनेर छलफल गरेका थिए । छलफलमा सबै नेताहरुले पार्टी रक्षात्मक अवस्थाको प्रतिपक्षमा रहेको वेलामा खाण नै उपयुक्त पात्र भएको सुझाब दिएपछि देउवाले खाणलाई नियुक्त गरेका थिए ।
देउवाले नियुक्त गरेको जानकारी पाएपछि खाणले बुटवलबाटै देउवालाई टेलिफोन गरी निर्णयमा पुर्नर्विचार गर्न आग्रह गरेका थिए । नेपाल विद्यार्थी संघ र युवाहरूको संगठन तरुण दलको नेतृत्व सम्हालिसकेको तथा पार्टीको केन्द्रीय समितिमा १८ वर्षदेखि निरन्तर काम गरेकाले संगठन सुदृढीकरणको जिम्मेवारी आफ्नालाई उपयुक्त हुने खाणको भनाइ छ ।
‘म राजनीतिमा लागेपछि नै संगठन निर्माण र परिचालनमा रुचि भएको व्यक्ति हुँ’ खाणले नयाँ पत्रिकासँग भने, ‘०४६ सालको जनआन्दोलनका वेला नेपाल विद्यार्थी संघको सभापति र ०५१ को मध्यावधि निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि तरुण दलको अध्यक्ष बनेर पार्टीको पक्षमा माहोल ल्याएको छु ,’ उनले भने,‘त्यसपछि १८ वर्षसम्म निरन्तर केन्द्रीय समितिमा काम गरेकाले संगठन निर्माण नै मेरा लागि उपयुक्त हुन्छ । तसर्थ सभापतिलाई भेटेर संगठन निर्माण र परिचालनको जिम्मेवारी दिन आग्रह गर्छु ।’ देउवाले २१ फागुनमा दलको नेतामा निर्वाचित भएलगत्तै खाणलाई प्रमुख सचेतक बनाउने भन्दै जिम्मेवारी लिन पटक–पटक आग्रह गरे पनि खाणले अस्वीकार गर्दै आएका थिए । साभार :नयाँ पत्रिका बाट !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here