किन गरे प्रधानमन्त्रि नरेन्द्र मोदीले सार्बजनिक यातायात प्रयोग गर्न आह्वान !

0
1210

पुष ११ मंगलबार काठमाण्डौ !
भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले सार्बजनिक यातायातका साधन प्रयोग गर्न आह्वान गरेका छन् ! ईन्धनको बचत गर्न पेट्रोलियम पदार्थको आयात घटाउन र मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि आह्वान गरेका छन् ! झन्डै १२ किलो मिटर विस्तार भएको दिल्ली मेट्रोको मागेंटा लाइनको एक समारोहमा प्रधानमन्त्रि मोदीले सार्बजनिक क्षेत्रको भौतिक संरचनाका लागि सरकारले अत्यधिक धेरै खर्च गरेको बताए ! उनले सन् २०२२ मा भारतले ७५ औँ स्वतन्त्रता दिवस मनाउने बेला सम्म महत्व पूर्ण पेट्रोलियम पदार्थको आयात घटाउने उद्धेश्य लिएको जानकारी दिए ! बहुआयामिक यातायात प्रणालीले ईन्धनको प्रयोग कम गराउनुको साथै आम नागरिकको पैसा र बाताबरण पनि जोगाउने प्रधानमन्त्रि मोदीको भनाइ थियो ! उनले सार्बजनिक यातायात भन्दा व्यक्तिगत वा निजि सवारी साधन प्रयोग गर्दा प्रतिष्ठा बढ्छ भन्ने मानसिकतामा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ! उनले सार्वजनिक यातायातका साधनको प्रयोगलाई तल्लो दर्जाको रुपमा नहेर्न आग्रह गरे !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here