राजदेवी पोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र “यो पागल मन “को फस्ट लुक्स पोस्टर आज सार्बजानिक भएको छ।काठमान्डु आसपास तथा पुर्वको रमणीय स्थानमा सुटिङ भएको यो चलचित्रमा बिनोद न्यौपने,राजेश ढुंगाना ,रिचा सिंह ठकुरी,यनि कुवर ,गौरी मल्ला,भोमन कटुवल लगायाको कलाकारको अभिनय रहेको छ।
आर्जन पोख्रेलको संगीत ,रजु किराँतको द्वन्द्व,कमल राइको कोरियो ग्राफि रहेको यस चलचित्रलाइ शम्भु सापकोटले खिचेका हुन भने कल्याण अधिकारीले निर्देशन गरेको हुन।
यहि असोज 27 गते देखि अल नेपाल रिलिज हुनलगेको यस चलचित्रलाई कल्याण अधिकारी र बिरेन्द्र कुमार यादवले निर्माण गरेका हुन।
रोमन्टिक लब स्टोरि बेसको यस चलचित्रले मन जित्न सफल हुन्छ भन्छन यस चलचित्रका निर्देशक कल्याण अधिकारी ।