किरण भण्डारीको शब्द तथा संगीतमा मार्मिक गीत’हुलाकी”सार्बजनिक|

0
602

कार्तिक १४ काठमाण्डौ |अस्ट्रेलिया निवासी गायक बिष्णु हरी पैडौलले हालसालै सार्बजनिक गरेका छन । अस्ट्रेलियामा नै रहेर निकै लामो समयदेखि सगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ ।करिश्मा ढकाल र सुमन देवकोटाको मार्मिकअभिनय रहेको गीतको म्युजिक भिडियोमा
हुलाकीले आफ्नो देश , आफन्तजन , र बिशेसगरिकन मायालुको यादरुपी चिनो ल्याए पनि आफु भने विदेश भुमिमा मेहनत र परिश्रम गर्दै गर्दा कतिपय कुराहरु भावना भित्र मात्रै सिमित रहेको र चराले आफ्नो गुड सम्झेर सधै फर्किने मात्रै बारेमा सोचेको तथ्यलाइ बिम्बात्मक रुपमा गीतको माध्यमबाट उजागर गर्न खोजिएको छ । खास गरि चाडबाडका बेलामा आफ्नो घर परिवारजनबाट टाढिएको परिवेशलाइ मार्मिक रुपमा प्रस्तुत गर्न खोजिएको यो गीत धेरै भन्दा धेरै नेपालिहरु को बिद्द्यमान प्रवासीपन संग मेल खाने र सबैको मन मस्तिस्कमा रहने यस गीतका सर्जक भण्डारीले बताए । बिगत १६ बर्ष देखि गीत संगीतमा लागि परेका किरणले यस अघि पनि सम सामयिक गीत हरु युट्युब मार्फत सार्बजनिक गरि सकेका छन् । chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here