किशोरीको अश्लिल भिडियो बनाई धम्किदिने व्यक्ति पक्राउ !

0
1150

फागुन ३० काठमाण्डौ ! अहिले मोबाइलको सस्तो प्रयोगले गर्दा सकारात्मक भन्दा नकारात्मक प्रवृति बढेको छ ! फेशबुकबाट धेरै साथि बनाइ पैसा ठग्ने प्रवृति पनि बढेको  छ ! फेसबुकबाट किशोरी महिलालाइ साथि  बनाएर उनीहरुको तस्बिरबाट अश्लिल भिडियो बनाइ ब्ल्याकमेल  गरेको भनि पैसा ठग्ने एक  व्यक्तिलाई पक्राउ गरेको छ ! पक्राउ पर्ने व्यक्ति नवलपुर कावासोती घर भएका तर चितवन भरतपुर महानगरपालिका १२ मा बस्ने सुबिन केसी  तर रियल नाम तिर्थ सापकोटा  रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिए ! सापकोटाले भरतपुर महानगर पालिकाकी २२ कि एक महिलाको तस्बिरको अश्लिल भिडियो बनाइ ब्ल्याक मेलिङ्ग गरेको र ५० हजार ठगेको अनुसन्धानमा खुलेको ढकालले जानकारी दिनु भयो !त्यसपछि विभिन्न नम्बरबाट फोन गरी रु तिन लाख माग गरेको र नदिएमा सो फोटो र भिडियोलाई युट्युबमा र फेसबुकमा अपलोड गर्दिने धम्कि दिएको प्रहरीले जनाएको छ ! मंगलबार सापकोटालाई भरतपुरको हाकिम चोकबाट प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here