कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले एभिन्यूज खबरलाई बहिस्कार गर्न माग गरे |

0
29

एभिन्यूज खबरले आइतबार लिएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अन्तरवार्ताको चारैतिर आलोचना र समर्थनमा बहस भइरहेको छ । सामाजिक सञ्जाल तथा विद्वत वर्गमा यो विषयमा फरक फरक कोणमा समीक्षा भइरहेको छ । यसैबीच प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अरुभन्दा एक कदम अगाडि बढेर एभिन्यूज खबरलाई बहिस्कार गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री यादवले यस्तो माग गरेका हुन् । समाजवादी पार्टीका नेता समेत रहेका यादवले अतिथि देवो भवः का न्यूनतम संस्कार नभएकाले संस्कारी बन्न सिकौं भन्ने उपदेश समेत दिएका छन ।

एभिन्यूज खबरको कार्यक्रम सकस राजनीतिमा समाजवादी पार्टीका अध्यक्ष एंव उपप्रधानमन्त्री उपेन्द्र यादव प्रस्तोताको प्रश्न सोध्ने शैली असभ्य भएको भन्दै कार्यक्रम बीचैमा छोडेर बाहिरिएका थिए ।

यो घटनाको सामाजिक संजालका विरोध भएपछि उनका कार्यकर्ताहरुले एभिन्यूज खबरको वीरगंजस्थित ब्यूरो कार्यकालमा तोडफोड गरेका थिए । वीरगन्ज घटनामा संलग्न समाजवादी पार्टी नेपालले समेत विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्तालाई उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगर्न आग्रह गरेको थियो । स्रोत shikharnews |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here