केकी र नाजिरको (राज्जा रानी) ,प्रमोसनमा नाचे लालबाबु पण्डित!

0
1684

पुष ६ बिहिबार काठमाण्डौ !
यहि पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र राज्जा रानीको प्रमोसनका लागि चलचित्र टोलि यतिबेला मोफसलको यात्रामा निस्केको छ ! मंगलबार प्रमोसनको क्रममा बिराटनगर पुगेका चलचित्र टोलीलाई नेकपा एमालेका चर्चित नेता लालबाबु पण्डितले साथ् दिएका छन् ! उनि स्टेजमा चलचित्रका मुख्य कलाकार द्वय केकी अधिकारी र नाजिर हुसेंसंग चलचित्रमा समाबेस चिपक, चिपक बोलको गीतमा नाचेका थिए ! दाइजो प्रथाको बिरुद्धमा रहेको भोर नामक संस्थासंग मिलेर प्रमोसन गरिरहेको चलचित्र राज्जा रानीलाई यम थापाले निर्देशन गरेका हुन् ! चलचित्रमा रमेश एम के पौडेलको लगानी रहेको छ ! यतिबेला यो युनिट प्रमोसनको लागि जनकपुर पुगेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here