केशव स्थापित भन्छन–जनतालाई यति दिनुपर्छ कि, आँखाबाट खुसीको आँसु आओस्

0
1348

महानगर–नगर साझेदारी
महानगरपालिका–महानगरपालिका, महानगरपालिका–नगरपालिका साझेदारी गरेर पनि काम गर्नुपर्छ । अर्को वर्ष ५० अर्बको बजेट हुने हो भने काठमाडौं महानगरपालिकाभित्र ढुंगा उक्काएर पिच गरेर बस्ने ? त्यसरी बसेर त भएन । त्यसकारण काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भने वरिपरिका महानगरपालिका, नगरपालिका र गाउँपालिकासम्म हो । जस्तो गोदावरीमा ललितपुरभित्रका लाखौँ मानिसले सिल्पीको काम गर्छन् । त्यसलाई हेरिटेज सिटी बनाउने, गोदावरी नगरपालिकाको मार्बल–चिप्स भएको क्षेत्रलाई नयाँ ललितपुर भनेर नामाकरण गर्ने । एक लाख मानिस त्यहाँ गएपछि बीसौँ हजार मानिसले रोजगारी पाउँछन् । त्यहाँ जो उद्योगी छ, उसैले लगानी गर्छ । त्यसपछि मकवानपुरसम्म हाम्रो क्षेत्र विस्तार हुन्छ । काठमाडौं महानगरपालिकाका घरको नक्सापास गर्ने राजस्व चार–पाँच गुणा बढाउनुपर्छ । पहिला बसिरहेकालाई के गर्ने भन्ने एउटा नीति ल्याउनुपर्छ । त्यसपछि साह्रै धनी मात्रले काठमाडौं महानगरमा घर बनाउन सक्छन् । बाँकी त टोखा नगरपालिका जानुपर्छ । त्यसपछि टोखाको पनि विकास हुन्छ । नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रबाट काठमाडौंमा खसीबाख्रा, कुखुरा आदि आउनुप¥यो । त्यसको खरिद गर्ने जिम्मा महनगरले लिन्छ । भौतिक लाभ काठमाडौं नगरवासीले पाउँछन् । भौतिक र आर्थिक लाभ वरिपरिका नगरले पाउने भए । समानुपातिक विकासको वितरण भनेकै यही हो । वरिपरिका नगर कुन पार्टीले जितेको छ भनेर हेर्नु पनि हुँदैन ।

मनोरेल, मेट्रो रेल सम्भव छैन
काठमाडौं भ्यालीमा पचास लाखजति जनसंख्या पु¥याउनुपर्छ । त्यो नभई रेल चल्दैन । चढ्ने मानिस नै भएनन् भने कसले चलाउने ? त्यसकारण अहिले मनोरेल, मेट्रोरेल सम्भव छैन । हामी केवल बसमा जानुपर्छ । ठुल्ठूला बस हुन्छन् । भक्तपुरको शिरबाट आएपछि कटवाल दह (मकवानपुरको सिमाना)सम्म जान्छ । बागमती खोलाको तीरैतीर लगियो भने दायाँबायाँको जग्गा सरकारको आफ्नै पर्छ । मुआब्जाको पैसा पनि तिर्नुपर्दैन । महानगरपालिकाले अगुवाइ गर्दा उपत्यकाकै मुहार फेर्न सकिन्छ । काठमाडौं महानगरपालिकाले अन्य नगरपालिकासँग के–के काम गर्ने तय गर्नुपर्छ । सियोदेखि रेलसम्मको कुरा गरिएको छ । त्यसका लागि काठमाडौं महानगरपालिकाको राजस्वमा अरू महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई समेत सहभागी गराउनुपर्छ । काठमाडौंलाई कहीँ नभएको अद्वितीय सहर बनाउने हो र वरिपरिका सहरलाई समृद्ध बनाउने काम काठमाडौंको मेयरले गर्नुपर्छ । अहिलेको अधिकारसम्पन्न महानगरले सामान्य ढल, पानीको काम गर्ने मात्र होइन । असीमित काम गर्नुपर्छ । काठमाडौंबाट सिकेर पूर्व, पश्चिमका स्थानीय तहले पनि धेरै काम गर्न सक्छन् ।

महानगरमै के गर्ने
पानी: महानगरपालिकामा मेलम्चीको पानी आउने भयो । दुई वर्षभित्र काठमाडौं महानगर र आसपासको क्षेत्रमा आकासेपानी संकलन गर्नुपर्छ । त्यसलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ । बढी भएको पानी इनारमा संकलन गर्ने र पानीको पनि अभाव नहुने अवस्था आउँछ । महानगरपालिकाले अगुवाइ गरे पनि अरूले सिको गर्छन् ।
विद्युत् :  विद्युत्मा हामी एक–दुई वर्षमा आत्मनिर्भर हुन्छौँ । हाइड्रोजन फ्युलमा अनुसन्धान सुरु गर्नुपर्छ । एउटा प्लान्टमा निश्चित मात्रामा पानी हालेपछि हाइड्रोजन र अक्सिजन छुट्टिन्छ । अक्सिजन अस्पताललगायतका ठाउँमा प्रयोग भयो, अक्सिजन पार्क नै बनाउन सकियो भने हाइड्रोजन बाल्न सकिने भयो । विदेशमा निर्यात पनि गर्न सक्छौँ ।
यातायात : हामीले स्मार्ट सिटीको अवधारणा ल्याएकै त्यही कारण हो । काठमाडौंमा अहिलेसम्म नभएको यातायात व्यवस्था लागू हुन्छ । त्यसका लागि दुई वर्षभित्र पाँच सयवटा ठूला बस सञ्चालनमा ल्याउनुपर्छ । एक लहरमा वृद्धवृद्धा, अपांग, असक्त, बालबालिका बस्ने अरू सबै उभिने । तोकिएकै समयमा बस छुट्ने र गन्तव्यमा पुग्ने । बस दुई मिनेटमै आउँछ । ठूला बस चल्नासाथ ट्याक्सी, साना बसहरू कम हुँदै जान्छन् । त्यसपछि काठमाडौं सहर साइकलसिटी हुन्छ ।
४० वटा पार्किङ : चालीसवटा पार्किङस्थल पत्ता लगाइएको छ । निजी नै भए पनि अधिग्रहण गर्ने । प्रचलित मूल्यमै किनेपछि विरोध पनि हुँदैन । बानेश्वरमा एउटा जग्गा अधिग्रहण गरेर चौध तलको घर बनाउने । पाँच तलाको सपिङ कम्प्लेक्स, एक तलामा मिनी असन, सबैभन्दा माथि स्विमिङ पुल र जिम गर्ने ठाउँ । पाँच–६ तलमा कार–बाइक पार्क । वृद्धवृद्धा आराम गर्ने, युवाले कार्यक्रम गर्ने ठाउँ, खेल्ने ठाउँ, फिल्म हलजस्ता सबै सुविधा एउटै भवनमा उपलब्ध हुन्छ । त्यसपछि अनुगमन गर्न पनि सजिलो हुन्छ । त्यस्ता ४० वटा स्थान भएपछि मानिसले अहिलेजस्तो हिँड्नु पनि परेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here