के साच्चै प्रेममा छिन् त साम्राज्ञी ?

0
1321

काठमाडौं –पछिल्लो समय अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । सफल अभिनेता भुवन केसी निर्मित तथा अनमोल केसी अभिनित ‘ड्रम्स’बाट डेब्यु गरेकी साम्राज्ञी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ केही पहिले सार्वजनिक प्रदर्शनमा आएको थियो ।
पहिलोबाट राम्रै र दोस्रोबाट ठिक ठिककै सफलता हासिल गरेकी साम्राज्ञीको अर्काे चलचित्र ‘तिमि सँग’ पनि प्रदर्शनको तयारीमा छ । तर यो चलचित्रको चर्चा भने त्यती छैन ।
‘इन्टु मिन्टु लन्डनमा’ छायाँकनका लागि लन्डन जाने तयारीमा रहेपनि भिषा नपाएको कारण जान नपाएकी साम्राज्ञी यहि कारणले पनि केही पहिले मिडियामा हिट रहिन् ।
अहिले भने उनको प्रेमको चर्चा मिडियामा चल्न थालेको छ । मयंक खड्काको प्रेममा उनी रहेको समाचार केही अनलाइन मिडियाले बनाएका छन् । उनी र खड्काको तस्बिर सार्वजनिक गर्दै मिडियाले प्रेममा रहेको खुलासा समेत गरेको छन् । केही पहिलेको समाचार खन्डन गर्दै साम्राज्ञीले आफुहरु दुवै मिल्ने साथी मात्रै भएको प्रतिक्रिया दिएकी थिइन् । तर अहिले भने उनी चुप छिन् ।
‘हावा नलागी पात हल्लदै न’ भने झै साम्राज्ञी र मयंकका समाजिक संजालमा देखिएको तस्बिरले गर्दा नै प्रेमको हल्ला चलेको हो । इन्स्टाग्राममा समेत शेयर भएका तस्बिरबाट पनि दुबैको प्रेम रहेको अनुमान लगाउन सकिन्छ । मयंक क्लब डेजा भू संचालक हुन् । चलचित्र सुटिङ देखि अन्य समय पनि उनी साम्राज्ञीको साथमा समेत देखिदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here