कोइंच कुम्सो खिं सांस्कृतिक कार्यक्रममा गायक संगीतकार पुस्कर सुनुवार र गायक नबिन सुनुवारले धमाका गरे !

0
1510

माघ २८ आइतबार काठमाण्डौ हिंजो २७ गते शनिबार सुनुवार समुदायको कोइंच कुम्सो खिं प्रथम बार्षिकोत्सव तथा वृहद सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ! सो सांस्कृतिक कार्यक्रमको उद्घाटन पुर्व माननीय सभाषद तथा नव निर्वाचित यज्ञराज सुनुवारले गर्नु भएको कार्यक्रमा, राष्ट्रिय कलाकार देखि लिएर स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ! कार्यक्रमामा चर्चित गायक संगीतकार
पुस्कर सुनुवारले आफ्नो गायकी मार्फत सभाषद देखि आम दर्शकलाई मज्जाले नाच्न बाध्य बनाए भने, यता गायक नबिन सुनुवारले र गायिका पुजा सुनुवारले पनि आफ्नो गायकीमा कुनै कसर बाँकी राखेनन् , चर्चित हाँस्य कलाकार फुलेंदेको आमा (उमेश

राइ)ले दर्शकलाई पेट मिची मिची हाँस्ने बनाए भने, गायिका दिपा सुहाङ लिम्बुले पनि आफ्नो गायकी प्रस्तुत गरेकी थिइन् साथै अर्की गायिका बबिता सुनुवारले पनि कडा प्रस्तुति दिएकी थिइन् , र अन्य कलाकारले आफ्नो नृत्यबाट पनि सबैको मन जिते भने , कार्यक्रममा दोहोरी गीतको पनि बेजोड प्रस्तुति रहेको थियो ,सो कार्यक्रममा कलाकारहरुलाई कोइंच कुम्सो खिं का अध्यक्ष लाल बहादुर सुनुवारले मायाको चिनो प्रदान गर्नु भएको थियो ! सो कार्यक्रममा बिशेष अतिथिका रुपमा सुनुवार सेवा समाज केन्द्रका अध्यक्ष

बिर सुनुवार ,निबर्तमान सल्लाहकार मन प्रसाद सुनुवार ,बिशेष अतिथि गीतकार भानु सुनुवार ,बिशेष अतिथि संगीतकार,गायक भानु सुनुवार, गायिका बबिता सुनुवार गायक संगीतकार चिरन्जिबी भण्डारी लगायत अन्य राष्ट्रिय कलाकार तथा विभिन्न मिडिया कर्मिको बाक्लो उपस्थिति रहेको थियो ! सो कार्यक्रमलाई कार्यक्रम संचालिका माया सुनुवार (किरांत) ,शोभा सुनुवार र तिलक सुनुवारले संचालन गर्नु भएको थियो भने, सोहि कार्यक्रमको सम्पूर्ण तस्बिर खिच्ने कार्य मोहन सुनुवार (नबिन)ले गर्नु भएको थियो !



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here