कोइराला बिरासत को अन्त्य हुँदैछ ! लाल बाबु पण्डित |

0
2118

काठमाडौँ मंगसिर १ ! नेकपा एमाले एबम मोरङ क्षेत्र ६ का प्रतिनिधि सभाका लागि प्रत्यक्ष्य तर्फ़का बाम गठबन्धनका उम्मेदवार लाल बाबु पण्डितले आफु चार हज्जार ५ सय मतले बिजय हुने दाबि गर्नु भएको छ ! बिराटनगरमा संचारकर्मी संग कुरा गर्दै उहाँले कांग्रेसका उम्मेदवार शेखर कोइरालाले बिराटनगरलाइ महानगर हुन नदिन प्रपन्च रचेको आरोप लगाउदै अब आफु बिजय हुने बताउनु भयो ! आफु बिराटनगरलाई महानगर पालिका र प्रदेश को राजधानी बनाउनु पर्छ! भनेर बिगत देखिनै बोल्दै आएको उल्लेख गर्दै उंहाले यहि बिषय लाई लिएर चुनाबी मैदानमा भएको दाबी गर्नु भयो ! उंहाले मोरंग मनमोहनअधिकारी, मदन भण्डारी ,भारत मनमोहन अधिकारी ,र लाल बाबु पण्डित, को कार्य थलो भएको बताउंदै यहाँ कुनै कोइरालाको केहि चल्ने वाला नभएको समेत जिकिर गर्नु भयो ! उहाँले आफु बिजय भएपछि यहाँको बिकाश गरेर देखाउने बताउंदै देश र जनता को शिर निहुर्यौने काम कहिल्ल्यै नगर्ने दाबी गर्नु भयो ! उहाँले चुनाब पछि एमाले अध्यक्ष्य के पी शर्मा ओली प्रधान मन्त्रि बन्ने बताउनु भयो !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here