‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जिते: भिडियो सहित |

0
79

एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् ।

शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । को बन्छ करोडपति ? मा १ करोड जित्ने उनी पहिलो सहभागी हुन् ।

उनलाई एक करोड रुपैयाँका लागि सोधिएको प्रश्न यस्तो छ । ‘२००७ साल प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ?’ उनका लागि चार वटा अप्सन यस्ता थिए, अप्सन ए- २०१४ माघ १९, अप्सन बी- २०१४ फागुन ७, अप्सन सी- २०१४ मसिंर २, अप्सन डी -२०१४ पुस २५ । उनले २०१४ माघ १९ गते उत्तर दिएर १ करोड जितेका हुन्। स्रोत ujyaaloonline.com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here