को हुन् महरालाई गम्भीर आरोप लगाउने रोशनी शाही ?

0
42

संघीय संसदका सभामुख कृष्णबहादुर महरा र संसदकै स्वास्थ्य सेवा विभागमा कार्यरत महिला रोशनी शाहीबीच कस्तो सम्बन्ध थियो भन्ने कुरामा विवाद भए पनि महराको राजनीतिक जीवन हरण भएकामा भने विवाद रहेन। सार्वजनिक जीवनका कारण महरा धेरैका लागि परिचित भए पनि शाही परिचित छैनन्। २०७४ सालमा संघीय संसदको स्वास्थ्य शाखामा करार सेवामा प्रवेश गरेकी शाही अनमी पाँचौं तहमा कार्यरत छिन्।

शाही माओवादी जनयुद्धमा जनसेनाको स्वास्थ्य विभागमा कार्यरत रहेको पूर्वमाओवादी नेता मणिराम शर्माले बताए। यो खबर आजको नेपाल समाचार पत्रमा दीपक रिजालले लेखेका छन्। पार्टी शान्ति प्रक्रियामा आएपछि दाङमा बस्दै आएकी शाहीलाई तत्कालीन सभामुख ओनसरी घर्तीले दाङबाट संसद् भवन प्रवेश गराएकी हुन्।

महरा सभामुख भएपछि शाही कोहीसँग नबोल्ने र सुविधाका लागि विभिन्न शाखामा प्रमुखसँग झगडा गर्ने गरेको संसद् सचिवालयका कर्मचारीले बताएका छन्। सभामुख महराले आफूलाई बलात्कार गरेको अभियोग लगाएको २४ घण्टा बित्न नपाउँदै शाहीले सभामुख आफ्नो बाबु समान व्यक्ति भएको बताउँदै उहाँबाट कुनै दुव्र्यवहार नभएको प्रस्ट्याएकी छन्। शाहीको अभिव्यक्ति विवादास्पद भएपछि प्रहरीले उनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here