क्यानाडालाई हरायो भने : नेपाल विश्वकप छनौटमा हुनेछ !

0
712

फाल्गुन १ मंगलबार काठमाण्डौ !
विश्व क्रिकेट डिभिजन टुमा नेपाले चार मध्ये तिन खेल जितेको,छ ! तर अझैपनि नेपालका लागि प्रतियोगिताको फाइनलका लागि यात्रा सुरक्षित भएको छैन ! नेपालले भोलि क्यानाडासंग समूह चरणको अन्तिम खेल खेल्दैछ ! कठिन प्रतिद्वन्दीविरुद्धको यो म्याच नेपालका लागि निर्णायक बन्न सक्छ ! नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाटै विश्वकप छनौटमा स्थान बनाउन चाहान्थ्यो ! तर हङकङसंगको हार संगै त्यो सम्भावना टर्यो ! यद्यपि डिभिजन टुको शिर्ष दुई टोलीले पनि छनौट खेल्ने भएकाले नेपालले आश मरेको छैन,ओमानसंग अनेपेक्षित हार ब्योहोरेको नेपालले विश्वकप छनौट खेल्ने सम्भावना कति छ त ?
अंक तालिकामा अहिले क्यानाडा र नेपालको समान ६ अंक छ ! तर नेट रनरेटमा क्यानाडा आगाडी भएका कारण शिर्ष स्थानमा छ भने, नेपाल दोस्रो स्थानमा !युएई नामिबियाको दुबैको सम्मान ४,४ अंक छ नामिबियाले त अझ एक खेल कम खेल्न बाँकीनै छ,यस्तो अवस्थामा विश्वकप छनौट खेल्ने सम्भावना क्यानाडा र नेपालको मात्र होइन ,युएइ र नामिबियाको पनि छ ! केन्या र ओमानको विश्वकप छनौट खेल्ने सम्भावना भने टर्यो !
आज नामिबियाले केन्यासंग खेल्ने छ ! भोलि तिन खेल छन नेपाल भर्सेस क्यानाडा ,नामिबिया भर्सेस युएई ,केन्या भर्सेस ओमान , यदि नेपालले क्यानाडालाई हराउन सक्यो भने अरु परिणाम जे भएपनि , नेपाले फाइनल संगै विश्वकप छनौटमा स्थान पक्का गर्नेछ ! किनकि नेपालको ८ अंक हुनेछ ! र बाँकी टिममा नामिबियाको मात्र ८ अंक पुग्ने सम्भावना कायम छ !
यदि उसले केन्या र युएई दुबैलाई हराउन सक्यो भने फाइनलसंगै विश्वकप छनौटमा स्थान बनाउछ ! तर क्यानाडासंग नेपाल हार्यो भने फाइनलमा विश्वकप छनौट सम्भावना लगभग अन्त्य हुनेछ, किनकि नेपालको रनरेट कम्जोर छ ! नामिबिया युएई एकअर्का संग भएकाले जुन टिम विजयी भएपनि उसले अघिल्लो चरणमा स्थान बनाउनेछ ! किनकि नेट रेनरेट नेपालको भन्दा दुबैको राम्रो छ ! तर एउटा गणितीय सम्भावना छ !
यदि आज केन्याले नामिबियालाई हरायो र युएई भर्सेस नामिबियाको खेल बर्षाले बिथोलेर दुबैले अंक बाँडे भने नेपालको सम्भावना रहन्छ ! तर ढुक्क संग विश्वकप छनौटमा स्थान बनाउने हो भने नेपाले क्यानाडालाई जित्नै पर्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here