मंगसिर ६ काठमाण्डौ | शौचालयमा हिन्दू देवीदेवताका चित्र देख्दा जो कोही हिन्दु पनि दुखित हुन्छन् नै । यो घटना अमेरिकाको हो । अमेरिकाको न्यूयोर्कस्थित हाउस अफ एस नामक नाइटक्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएसँगै यो विषयले चर्को विबादित रुप लिएको छ । अमेरिकाको न्यूयोर्कस्थित हिन्दुहरुको आस्थामाथी खिल्ली उडाउँदै गरिएको गैरजिम्मेवार हर्कतलाई गरेसँगै ती चित्रप्रति अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आपत्ति जनाएकी छिन् ।
पहिला शौचालयको भित्ताका भएका चित्रमा आफ्नो ध्यान नपुगेको भए पनि ट्वाइलेट पेपर निकाल्न लाग्दा महादेवको चित्र देखेको र सहन नसकेर उनले आफ्नो आक्रोश मिडियामा पोखेकी हुन् । मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा यस विषयमा लेखेकी छन्। उनले शौचालयको तस्बिर र भिडियो पनि प्रेषित गरेकी छन्। मिश्राका अनुसार उनी गत महिना सो नाइटक्लबमा गएकी थिइन्। आफ्ना साथीहरूले महँगा खानेकुरा मगाएकाले उनले त्यहाँको भीआईपी बाथरुम प्रयोग गर्ने क्रममा यो अराजक काम गरेको देखेकी थिइन् ।os nepal|