फागुन १९ शनिबार काठमाण्डौ ! भनिन्छनि आयो काल टप् टिप्यो मिति पुगि गयो टारेर टर्दैन त्यो, ईन्द्रै बिन्ति गरून झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो !! कालले धनि, गरिब, सानो, ठुलो, केहि भन्दैन रहेछ,यहां यहि भएको छ , कृष्टिना सुनुवार को श्रद्धाञ्जली सभामा माननीय यज्ञराज सुनुवार पुर्ब माननिय राम हरि खतिवडा नेपाली कांग्रेस को पार्टी सभापति प्रदिप सुनुवार समेत उपस्थिति रहेकोे थियो ! ओखलढुंगा निवासि लामो समय देखी ब्लड क्यानसरले ग्रस्त र लामो समय देखी उपचारको क्रममा रहेकी 4 बर्षकी नानि कृष्टिना सुनुवार दिल्लिमा उपचार गराएर त्यहांका डाक्टरले रिफर गरेर नेपाल फर्काई काठमान्डौको नर्भिक अस्पतालमा उपचारकै क्रममा हिंजो मृत्यु भएको छ ! तमाम नेपालीले उनको उपचारको लागी चाहिने भन्दा बढि आर्थिक सहयोग जुटाएता पनि उनिलाई बचाउन सकिएन, उनि कृष्टिना हामि बिच रहिनन, उनको संझना मात्रै हामिबिच रहेको छ अब, उनको सहयोगको लागी पहल गरिरहेको संस्था संध्या फाउन्डेसनमा पनि केहि रकम जम्मा भएको थियो !नानु यस संसारमा नरहेतापनि नानुको लागी उठेको सहयोग रकम कृष्टिनाको बुवा आमालाई मिडियाका बिचमा हस्तान्तरण गर्ने र कृष्टिना बचाउ अभियानलाई लिएर संध्या फाउन्डेसनमा उठेको रकम कृष्टिना सुनुवार स्मृतिकोषका लागी कार्यक्रम गरी कार्यक्रमबाट उठेको रकम पनि कृष्टिना स्मृतिकोषलाई हस्तान्तरण गर्ने संध्या फाउन्डेसनका अध्यक्ष तथा गायक संगीतकार पुष्कर सुनुवारले जानकारी दिनु भएको छ !