मङ्सिर १८ काठमाण्डौ | साथीमा एति बिस्वाश पनि नगरौं , गए राति विजय थापाको हत्यामा पक्राउ परेका सेठीले नै थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले बताए।
सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गर्दै प्रहरी नायव उपरीक्षक वलीले थापालाई भर्याँङमा ठाेकेर हत्या गरेको जानकारी दिए। ‘प्रतिवादी आशिस सेठी र मृतक विजय थापा एक आपसमा मिल्ने साथी हुन्। दुवैले भारतबाट आगुऔषध खरिद गरेर सेवन गर्ने गरेको पाइयो। घटनाको समयमा विजयसँग भएको लागुऔषध सेवनपछि प्रतिवादी आशिस सेठीले थप ब्राउन सुगर सेवन गर्दा विवाद भएको थियो’ वलीले भने, ‘प्रतिवादीले सिँढीमा टाउको ठोक्काउँदा थापा लडे त्यो बेला घाइतेलाई लुकाउन अन्यत्रै लैजाने क्रममा घर धनीले देखेर रोकेँ।
’ प्रहरी उपरीक्षक वलीका अनुसार सेठीले सिँढीमा ठोकेर थापाको हत्या गरेका हुन्। हत्या गरेर लुकाउने क्रममा घटनास्थलबाटै सेठीलाई प्रहरीले पक्राउ गरेको हो। थापा केही समय अघि मात्रै वैदेशिक रोजगारबाट फर्किएका हुन्। केही समय अघिदेखि उनको सेठीसँग संगत भएको मृतक थापाकी आमा सीता थापाले बताइन्। ‘छोरालाई पटक पटक फोन गर्थ्यो यस्तो हुन लेखेको रहेछ’ मृतकी आमा सीताले भनिन्, ‘मेरो छोराको हत्या गर्नेलाई कडा कारबाही गरियोस्।’स्रोत थाहा खबर डट कम |