खाडीमा ९ सय ५७ नेपालीको मृत्यु !

0
1193

माघ ९ मंगलबार काठमाण्डौ !
कम्जोर अभिमुखीकरण र स्वास्थ्य परिक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको जानकारी विभिन्न मिडिया पत्र एकपत्रिका आएको छ ! खाडी तथा मलेसियास्थित नेपालि दुतावासका अनुसार सन् २०१७ मा हृदयघात, सडक दुर्घटना ,आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो ! मृत्यु हुनेमा ३२ जाना महिला छन् ! दुतावासका अनुसार यस अवधिमा सबै भन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ ! साउदी अरबमा २ सय ८३ कतारमा १ सय ६९ ,संयुक्त अरब ईमिरेट्स,९ युएई )मा ८४ ,कुवेतमा ३१ , दक्षिण कोरियामा २१ ,ओमानमा ७ ,बहराईनमा ६ , तथा साइप्रस र सिरियामा एक एक नपाली कामदार को मृत्यु भएको छ ! आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्य मैत्री जिबनशैली नहुँदा र नियमित स्वास्थ्य परिक्षण सुविधा नपाउँदा हृदयघातका कारण ज्यान जानेको संख्या बढी छ ! हृदयघात र अन्य स्वास्थ्य सम्बंदी समस्याका कारण मृत्यु हुनेको संख्या २ सय ७६ छ ! सडक दुर्घटनामा परेर १ सय ७१ नेपालीले ज्यान गुमाएका छन् ! एक बर्षको अवधिमा १ सय ३२ जना नपाली कामदारले खाडी तथा मलेसियामा आत्महत्या गरेको नपाली दुतावासहरुमा रेकर्ड छ ! सबै भन्दा बढी मलेसियामा ३४ जनाले आत्महत्या गरेका छन् ! श्रम सम्झौता अनुसार काम नहुनु , तलब र सेवासुविधा नपाउनुलाई आत्महत्याको प्रमुख कारण मानिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here