खुकुरीले घांटी रेटी छोराले गरे आफ्नै बाबुको हत्या !

0
1389

माघ ९ मंगलबार काठमाण्डौ !
दाङको तुलसीपुर उपमहानगर पालिका ८ कृष्ण मन्दिरस्थित तेज बहादुर चौधरीले आफ्नै बाबुको हत्या गरेको ठहर भएको छ ! गए राति सामान्य घरायसी विवादपछि चौधरीले ५२ बर्षिय बाबुराम चौधरीको खुकुरीले घांटी रेटी हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनु भयो ! हत्या पछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफै आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ ! हत्या गर्ने तेजबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ! शव परिक्षणका लागि राप्ति अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here