गएको चार महिनामा प्राकृतिक विपत्तिका कारण १ हजार ७ सय १९ घटना भए,  ५ सय २९ जनाको ज्यान गयो ।

0
513

साउन २९ काठमाण्डौ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ‘नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको देखिन्छ ।

मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव पनि यही वेला बढ्छ । यो अवस्थामा प्राकृतिक विपत्ति निम्तिन्छ र दुःखद् घटना हुन पुग्छन्,’ प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने ।

एक हजार सात सय १९ घटना, ८८ जना बेपत्ता
गृहको तथ्यांकअनुसार चार महिनाको अवधिमा प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भए । घटनामा परी ८८ जना अझै बेपत्ता छन् ।

२ हजार २ सय ८७ सर्वसाधरण घाइते भए । ४ हजार १ एक सय ९४ घरपरिवार प्रभावित भए । १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्मा मुलुकभर १ हजार ५ सय ४९ चौपाया मरेका छन् भने २ सय ३२ गोठ नष्ट भएका छन् ।

गृहको तथ्यांकअनुसार ७ वर्षको अवधिमा प्राकृतिक विपद्मा १२ हजार ७ सय ६२ ले ज्यान गुमाएका छन् ।स्रोत नेपालखबर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here