गलत प्रचार गरी चरित्र हत्या गर्न खोजियो भन्दै नेपाल आईडल बुद्ध लामा र सुजाता पाण्डे आक्रामक !

0
1623

काठमाण्डौ फागुन ३० काठमाण्डौ ! नेपालमा पहिलो पटक भित्रीएको अन्तरराष्ट्रिय फ्रेन्चाईज शो नेपाल आइडलमा बुटवलबाट प्रतिनिधित्व गरेकी सुजाता पाण्डे उत्कृष्ट ५ बाट बाहिरिएकी एक प्रतिस्पर्धी हुन् । नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको र बिरोध भएको गायन रियालिटी शो नेपाल आइडलमा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्ने उनी एकमात्र महिला प्रतियोगी पनि हुन् । उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाबाट बाहिरिएकी उनी

आधुनिक र पार्श्व गायनमा रुचि राख्छिन् हाल उनी देश बिदेशका कार्यक्रममा ब्यस्त छिन् । भर्खरै आफ्नो नया गीतको भिडियो समेत सार्बजनिक गरेकी उनले एक स्टाटस लेख्दै र फेसबुक लाईभ गर्दै आफ्नो आफ्नो चरित्र हत्या गर्न खोजिएको खुलाएकी छिन् । उनले स्टाटसमा ‘केहि फेसबुकका अनलाईन पेजहरूले मैले अन्तरवार्ताका क्रममा बुद्ध लामा र एपि वन टेलिभिजनको बारेमा भन्दै नभनेको कुरालाई गलत प्रचार गरेर मेरो चरित्र हत्या गर्ने प्रायस गरिएको छ । त्यसैले यस्ता भ्रामक समाचारको पछि नलाग्न सम्पुर्ण श्रोताहरू सामु जानकारी गराउन चाहान्छु । आशा छ बुझिदिनुहुन्छ.।’ भनेर लेखेकी छिन् । उनको सार्बजनिक नया गीत ‘भन्छन कोहि’ले राम्रै चर्चा कमाईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here