पुष १८ मंगलबार काठमाण्डौ !
पुर्बी मकवानपुरको बकैया गाउँपालिका ७ कन्द्रान बस्ने ४८ बर्षीय शंकर भोम्जन सहित ४ जनालाई गाई काटेको अभियोगमा आईतबार प्रहरीले पक्राउ गरेको छ ! सोहि ठाउँस्थित सन्तबहादुर राईको सिरुबारिमा बन्चरो लगायत हतियार प्रयोग गरेर गाई काटिरहेको अवस्थामा गाईको मासु सहित ४३ बर्षिय राजकुमार सिंताङ ४६ प्रेमबहादुर लोप्चन ,४८ बर्षिय जयबहादुर नेगीलाई प्रहरीले ढक तराजु सहित पक्राउ गरेको हो ! पहिले देखिने गौ हत्या हुने गरेको र सुराकीका आधारमा असई जयप्रकाश पाण्डेको नेतृत्वमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ! हिन्दुको प्रतिक तथा राष्ट्रिय जनावर गाई मार्ने गौ हत्याका दोषीलाई प्रहरीले हिरासतमा लिएको छ ! हिन्दुको धर्म सम्रक्षन संगै राष्ट्रिय जनावर गाई सम्रक्षनको माग राखिएको छ !