गाएक राजेश पाएल राईको आवाजमा रहेको ‘देउसी भैलो’ बोलको गीत सर्बजनिक: हेर्नुहोस् भिडियो।।

0
642

असोज २२ काठमाडौं,
नेपालीहरुको महान पर्व दशैं तिहार नजिकिदै गर्दा दशैं तिहारको गीत संगीत दिनहुँ जसो बजारमा आउने क्रम जारी छ । यसै क्रममा “गीतकार प्रेम राईको”उत्कृष्ट शब्द रचनामा रहेको ‘देउसी भैलो’ बोलको तिहार गीत सार्वजनिक भएको छ ।

चर्चित गायक राजेश पायल राईको आवाजमा रहेको गीतमा अहिलेका निकै व्यस्त संगीतकार तथा गायक विनोद खम्बु को संगीत रहेको छ भने गीतकार प्रेम राईको उत्कृष्ट शब्द हरेको छ भने चन्दु थापाले एरेन्ज गरेका छन् ।

गीति एल्बम “शिरफूल शीरैमा” रहेको “देउसी भैलो’ बोल रहेको गीतको भिडियोमा चर्चित गायक राजेशपायल राई स्वंयमले अभिनय गरेका छन् , भने उमेश राई (फुलन्देकी आमा), गायक विनोद खम्बु, अनु लिम्बु, दीपा तामाङ, महेन्द्र राई, पदम राई, अमर राई र अमर तामाङलगायतले अभिनय गरेका छन् भने राकेश किरातीले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका छन् । गीतको म्युजिक भिडियोलाई बुद्ध थापा मगरले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here